ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानन्याधीशलाई धम्क्याउने कार्य रोक्न ‘प्रचण्ड-नेपाल’ समूहद्वारा प्रधानमन्त्री ओलीलाई चेतावनी


एबीसी / संवाददाता
२६ पुस २०७७, आइतबार   ८ : १३   बजे

काठमाडौँ, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो । चार जना पूर्व प्रधानन्यायाधिशले प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भत्र्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मुख्यत् ः चार जना प्रधानन्यायाधिशहरु मिनबहादुर रायमाझि, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले देश जनता लोकतन्त्र संविधान राजनीतिक स्थिरता र सुशासन प्रतिको निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनि क गर्दै सार्वजनिक वक्तव्य दिनुभएकोमा उहाँहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित गर्ने र धम्क्याउने काम गर्नुभएको छ ।

यो कार्य आपत्तिजनक छ र बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा र्भत्सना गरेको छ । उहाँहरु र देशभरीक नागरिक समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, इन्जिनियर, चिकित्सक, पत्रकार, लेखक, कलाकार, सांस्कृतिककर्मी, र विभिन्न पक्ष तह र तप्काका नागरिकलाई असंवैधानिक अलोकतान्त्रिक र प्रतिगामी कदमका विरुद्ध आफ्नो विचार प्रकट गरिराखेका छन् सबै नागरिकको स्वतन्त्रता र संवैधानिक अधिकारको सम्मान गरिनुपर्छ रक्षा गरिनुपर्छ र हामि संवैधानिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध छौँ । सबै नागरिक समाज प्रबुद्ध व्यक्तिलाई एकजुट हुन र संवैधानिक अधिकार र अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्न आव्हान गर्ने निर्णय गरेको छ ।’

बैठकले सरकारी सञ्चार माध्यमहरु कुनै गुटको प्रचारक जस्तो काम गरेको भन्दै राज्यको स्रोत साधन दुरुपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न माग समेत गरेको छ । बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढिरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सचिवालय बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएकोमा आफुहरुको विरोध रहेको बताउनुभयो । प्रतिनिधि सभा विघटनपछिको प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै राष्ट्रिय सभाको आइतबारको बैठकमा सहभागी नभएको पनि उहाँको भनाई छ । सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डको भारत भ्रमण परिवारलाई स्वास्थ्यउपचार गराउने शिलशिलामा भएको र उहाँको कुनै राजनीतिक भेटघाट तथा राजनीतिक वार्ता नभएको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group