काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताउनुभएको छ । भारतीय न्यूज च्यानल ‘जी न्यूज’सँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको बताउनुभयो । उनले भारत र चीनबीच जारी सीमा विवाद समाधानका लागि आफूले मध्यस्थता गर्न सक्ने समेत बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि आफूले मध्यस्थता गर्न सकिने ओलीको भनाइ थियो । दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्