ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन


एबीसी / संवाददाता
१ माघ २०७७, बिहिबार   ५ : ५९   बजे

काठमाडौं, १ माघ । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिनुभएको छ । बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिनुभएको हो । माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक छलफल गर्नुभएको थियो ।

भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा चलिरहेको प्रक्रियाबारे पनि सोध्नु भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिनु भएको थियो । ‘सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश गरेको छैन । अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै टुंगिएको छैन । त्यसपछि मात्रै अरु भन्न सकिन्छ’, नेम्वाङको ब्रिफिङ थियो । निर्वाचन आयोगलाई दोस्रो पटक लेखिएको जवाफपत्रको अन्तर्वस्तुबारे नेम्वाङले ब्रिफिङ गर्नुभएको थियो । नेम्वाङले बुधबार मात्रै २१ पृष्ठ लामो पत्र बुझाएका थिए भने आयोगलाई निर्वाचनको तयारी नरोक्न आग्रह गर्नुभएको थियो । संक्रान्ति मनाउने र अनौपचारिक कुराकानी पनि गर्ने भनेर विहान एघार बजेदेखि शुरु भएको भेटवार्तामा बालुवाटार दिउँसो अबेरसम्मै चल्यो ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई समेत बालुवाटार बोलाउनु भएको थियो । स्थायी कमिटीमा नरहेका मन्त्रीहरुलाई पनि ओलीले निर्वाचन केन्द्रित हुनेगरी गतिविधि गर्न सुझाव दिनुभएको छ । पुस ५ मा संसद् विघटनलगत्तै नेकपा विभाजित भएकाले मन्त्रीहरु पनि अहिले देश दौडाहामा छन् । बालुवाटार पुगेका मन्त्रीहरुले पनि पार्टी गतिविधिबारे ओलीलाई ब्रिफिङ गरेका थिए ।

स्थायी कमिटी सदस्यहरु र मन्त्रीहरुलाई ओलीले अब घोषणापत्र लेखनदेखि निर्वाचन परिचालनको योजना बनाउनेतिर सोच्न समेत निर्देशन दिनु भएको छ । ‘निर्वाचनको लागि अब अगाडि बढ्नुपर्छ । निर्वाचनको आशंका चिर्ने गरी वातावरण हामीले नै बनाउनुपर्छ । मेची(महाकाली आधार तयार गर्नुहोस्’, प्रधानमन्त्री ओलीले निर्देशन दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group