ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतले विवेक प्रयोग गर्छ भन्ने हामीलाई विश्वास छ – देउवा


एबीसी / संवाददाता
१ माघ २०७७, बिहिबार   ६ : ५३   बजे

काठमाडौं, १ माघ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको बताउनु भएको छ । प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेको सभापति देउवाको भनाइ थियो।

आज पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोलेका देउवाले भन्नुभयो , ‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे। ओलीले कहाँ चुनाव गराउँछन् ? गराउँदैनन्। चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ।’

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गर्नुभएको छ । तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ।तर सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दबाव कांग्रेसले नदिने उहाले बताउनुभयो । ‘हामीलाई विश्वास छ अदालतले विवेक प्रयोग गर्नेछ। अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्न मिल्दैन। हाम्रो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन,’ उहाले भन्नुभयो । स्वतन्त्र न्यायपालिकाको पक्षमा पार्टी रहेको उहाको भनाइ थियो। सरकार जनताको सेवक भए पनि जनअपेक्षाअनुसार ओली सरकारले काम नगरेको देउवाको आरोप छ।

‘सरकार जनताको सेवक हो मालिक होइन। जनताप्रति सरकार उत्तरदायी हुनुपर्ने हो तर भएन,’ उहाले भन्नुभयो । न्यायपालिकालाई दबाव वा प्रभाव पर्ने गरी राष्ट्रपति, प्रधानमन्त्री या कुनै पनि दलका नेताले बोल्न नमिल्ने देउवाले बताउनुभयो । ‘अदालतले नियम, कानुन र ऐन हेर्छ, विवेक प्रयोग गर्छ,’ उहाले भन्नुभयो ‘पार्टीले सर्वोच्चमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्दैन।’ उहाले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आएको पनि बताउनुभयो ।

‘उहाँहरू आउनुभएको थियो। अदालतमा विचाराधीन मुद्दामा हामी पनि बोल्दैनौं, तपाईंहरू पनि नबोल्नुस् भनेको हो,’ उहाले भन्नुभयो । प्रचण्ड(नेपालले बुढानिलकण्ठ पुगेर ओलीका कदमविरूद्ध संयुक्त सडक संघर्षमा जान र प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिनुपर्नेलगायत प्रस्ताव लगे पनि देउवाले अस्वीकार गर्नुभएको थियो । देउवाले दुई भागमा विभाजितजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत गर्नुभएको छ । संसद आह्वानका लागि पार्टीका सांसद संख्या नै कम भएकोले पहिले संसद आह्वान गर्न आफूहरूले माग गर्न नसकेको देउवाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group