ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलको दुई रहस्यमयी हेलिकप्टर, ‘ल्यान्ड’ पछि चालक दल गायब


एबीसी / संवाददाता
२ माघ २०७७, शुक्रबार   ४ : ४१   बजे

काठमाडौँ, २ माघ ।  किर्गिस्तानबाट एक साताअघि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको रहस्यमयी हेलिकप्टरका चालक दल नै गायब भएका छन्। चालक दल नभएको भन्दै किर्गिस्तानको उड्डयन प्राधिकरणबाटै दुई साता नेपालमै राख्न प्रस्ताव गरेको छ। विमानस्थल स्रोतका अनुसार दुबै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेसिया पुगिसकेका छन्। जनवरी २९ तारिखसम्मका लागि पार्किङ समयावधि बढाइदिन आग्रह गरेको प्राधिकरणका एक अधिकारीले बताए।

चालक दललाई आउन पत्राचार गरे पनि आउन आनकानी गरिरहेको ती अधिकारीले बताए। ‘प्राधिकरणले चालक दललाई बोलाएर हेलिकोप्टर फिर्ता पठाउने प्रयास गरेपनि पनि उताबाट प्रक्रियामा रहेको जानकारी आएको छ,’ ती अधिकारीले भने। प्राधिकरणले किर्गिस्तानको प्रस्तावलाई स्वीकार गर्दै पार्किङको समयाअवधि बढाएको छ। ३० वर्ष पूरानो हेलिकोप्टर किर्गिस्तानको ‘हेलि स्काइ’ कम्पनीले इन्डोनेशियामा उडान गर्दै आएका थिए। दुवै हेलिकोप्टर अघिल्लो शनिबार बंगलादेश हुँदै नेपाल ल्याइएको थियो। यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ। दुवै हेलिकोप्टर फायर फाइटिङ बिल्डिङ छेउमा राखिएको छ। नेपाली आकाशका लागि नौलो रहेका हेलिकोप्टर अथवा हवाई जहाज डोमेस्टिक पार्किङमा राखिने गरेको स्रोतले जनाएको छ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार एक दशक अघिदेखि उडान सञ्चालन अनुमति पत्र (एओसी) रद्द भइसकेको एक कम्पनीले एमआइ सिरिजकै हेलिकोप्टरबाट उडान सुरु गर्नका लागि पुनः एओसी प्रक्रिया सुरु गर्ने तयारी गर्दै आएको छ।

नेपालमा पार्किङ अवतरणका लागि हेलि स्काइले गत डिसेम्बरको तेस्रो सातादेखि नै पत्राचार गरेको थियो। हेलिकप्टर टेक्निकल अथवा ओभरफ्लाइका लागि अवतरण गरिने मुलुकका लागि कम्पनीले आधिकारिक एजेन्ट छनोट गरेको थियो। तर छनोट भएका तीन वटै एजेन्टको कामबारे प्रष्ट नभएको पत्र पठाइएको थियो।

गत डिसेम्बर ३० मा हेलि स्काइले पठाएको संशोधित निवेदनलाई मध्यनजर गर्दै प्राधिकरणले जनवरी १ मा कम्पनीको दुई वटा हेलिकोप्टरलाई नेपालमा अवतरणका लागि अनुमति दिएको थियो। किर्गिस्तानको ‘किर्गिज रिपब्लिक’ सडक तथा यातायात मन्त्रालय अन्तर्गत नागरिक उड्डयन समिति (सिभिल एभिएसन एजेन्सी) को सिफारिसमा उक्त पत्र आएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group