ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको प्रष्टीकरण : ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन


एबीसी / संवाददाता
३ माघ २०७७, शनिबार   ४ : ४०   बजे

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीशलाई नभेटेको बताउनुभएको छ ।नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार ओलीले चार न्यायाधीशलाई भेटेको भन्दै गलत प्रचार गरिएको दाबी गर्नुभयो । उहाले न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउनसमेत चुनौती समेत दिनुभयो । फलानो फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ भेट्न गए । यति बजेदेखि यतिबजेसम्म यो भन्दा ठूलो झुठ, योभन्दा बढी बेइमानी के हुन सक्छ ? न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो, यो भन्दा घिनलाग्दो के हुनसक्छ, उहाले भन्नुभयो , उहाँहरु यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नु हुन्छ ? ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन । ओलीले थप्नु भयो ुमैले निर्णय गर्दा सपना प्रधान मल्ललाई भेटेको थिएँ । सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला । यस्तै कार्यक्रममा देखेको हुँ । अरु न्यायाधीशहरुलाई देखेको पनि छैन । सायद चिनेको पनि छैन । सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै शुक्रबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी शशी श्रेष्ठले उक्त आवाज उठाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu