काठमाडौं, ४ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको हो ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ५८ हजार ७१० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ९६ हजार १८४ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्