ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकमा आईफोन विक्रीको विज्ञापन गरेर लाखौं ठग्ने पक्राउ


एबीसी / संवाददाता
४ माघ २०७७, आइतबार   ४ : ५१   बजे

काठमाडौं, ४ माघ । सामाजिक सञ्जाल फेसबुकमा ग्याजेट (आईफोन, घडी, मोबाइल लगायत)विक्रीको सूचना राखेर लाखौं ठगी गर्ने गिरोहको मुख्य सदस्य पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको विशेष टोलीले गिरोहका नेपाल प्रमुख २८ वर्षीय अजय भनिने प्रमोद शाहलाई पक्राउ गरेको हो ।

ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार उनलाई पर्साबाट शुक्रबार पक्राउ गरिएको हो । ‘फेसबुकमा कम्युटर, मोबाइल, घडी, ल्यापटप लगायत बजार मूल्यभन्दा कम रकममा डेलिभर गराउने भनेर उनले रकम उठाउने गरेका थिए’, बज्राचार्यले भन्नुभयो , ‘विभिन्न लेयरको अनुसन्धान गर्ने क्रममा मुख्य व्यक्तिलाई समातेका हौं ।’ ललितपुर प्रहरीको आग्रहमा आइतबार पर्सास्थित प्रमोदको आईएमई सेन्टरमा पनि प्रहरीले छापा हानेको छ । पर्सा प्रहरीले चलाएको अपरेशनमा रकम पठाइएको कागजपत्रहरु बरामद गरिएको छ ।

ती कागजपत्रबाट पीडितका थप विवरण प्राप्त हुने प्रहरीको अपेक्षा छ ।शाहसँगै यसअघि उनका सहयोगी मेवालाल शाह तेलीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनको एटीएम कार्ड प्रयोग गरेर प्रमोदले पैसा निकाल्ने गरेका थिए ।दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालिएको छ । उनीहरुले कम्तिमा एक करोड रुपैयाँ ठगी गरेको प्रहरी आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu