काठमाडौं, ४ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिनु भएको छ । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उहाँले बताउनुभयो । आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उहाले भन्नुभयो , ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो । आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो ।’
आन्दोलनको अग्रपंत्तिमा आफूसहितका नेताहरु पनि रहने समेत उहाले बताउनुभयो । उहाँले भन्नुभयो टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उहाले जीकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्