काठमाडौं, ४ माघ । सरकारले पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । पुस २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई नियुक्त गरेको हो । मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । उहा दुगड स्पाइसेज प्रालीका सञ्चालक समेत हुनुहुन्छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् हेरफेर गर्दा उहाँलाई हटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्