काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) प्रचण्ड–माधव समूहका नेताहरुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् ।
संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । त्यही निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुग्नु भएको छ । पत्र बालुवाटारमा बुझाएर फर्किएको एक नेताले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्