काठमाडौं, ७ माघ, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह ले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल आयोजना गरेको छ । छलफल दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी छ ।
छलफलमा अध्यक्षद्वय प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी हुनुहुन्छ । नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्