ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल एकता हुने स्थिती देख्दिन – अध्यक्ष प्रचण्ड


सपना थामी
७ माघ २०७७, बुधबार   १२ : २४   बजे

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल खेमाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली खेमाको नेकपास“ग तत्काल पार्टी एकता हुने स्थिती नभएको बताउनुभएको छ । ओली र प्रचण्ड–नेपाल दुवै खेमाका नेकपा वैधानिक रुपमा फुट नभइसकेको अवस्थामै अध्यक्ष प्रचण्डले भोलीको दिनमा पार्टी एकताको सम्भावना रहला या नरहला तर तत्काल भने पार्टी एकताको सम्भावना नरहेको दाबी गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित प्रचण्ड–नेपाल समूहको सम्पादक एवम् बुद्धिजिवीहरुको एक भेलामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गर्नुभएको संसद विघटनको निर्णय असंवैधानिक भएको भन्ने कुरा प्रचण्ड–नेपाल पक्षले भनेर मात्रै पत्रकार, नागरिक समाज र बुद्धिजिवी वर्गहरु विरोधमा नउत्रेको भन्ने प्रष्ट पार्नुभयो । उहाले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा निर्वाचनलाई कहिल्यै पनि अस्विकार्य नहुने तर निर्वाचनले मात्रै संविधान माथीको प्रहारको क्षतिपूर्ति तिर्न नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । संसद विघटनसगै देशमा उत्पन्न भएको राजनीतिक संकटको समाधान गर्न सबैले एकआपसमा हातेमालो गर्नुपर्ने उहाको भनाई छ ।

शाकाहारी आन्दोलन अपर्याप्त भएको भन्ने आफ्नो भनाईलाई स्पष्ट पार्दै नेकपा अध्यक्ष प्रचण्डले लोकतन्त्रमाथी यति छिट्टै प्रहार हुदा आफूहरु कहिलेकाहीं आवेग र आक्रोशमा आउने गरेको समेत बताउनुभएको छ । त्यसो त, शान्त भएर मात्रै संसद पुर्नस्थापना नहुने भन्दै संसद विघटनविरुद्धको आवाज आवेगपूर्ण हुनुपर्नेमा प्रचण्डले जोड दिदै आउनुभएको छ ।

प्रचण्ड–नेपाल खेमाका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि नेकपाको झगडा केबल कुर्सीका लाागि मात्रै नभएको भन्ने कुरा थप स्पष्ट पार्दै लानुपर्नेमा जोड दिनुभएको छ । नेपालले सबै राजनीतिक दल र नेताहरुलाई पत्रकार, बुद्धिजिवी एवम् नागरिक समाजका अगुवाहरुले सबै उस्तै–उस्तै हुन् भन्दा आफूलाई चित्त दुख्ने गरेको बताउनुभयो । उहाले समाजमा असल मान्छे पनि छ भन्ने कुराको प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रचण्ड–नेपाल समूहको पत्रकारहरुसगको उक्त अन्तरक्रियामा आगामी रणनीति, जनविश्वास एवम् प्रतिबद्धताका लागि श्वेत पत्र प्रकाशित गरिने निष्कर्श निकालिएको छ । यसका साथै देशमा घटिरहेका तत्काल विषयवस्तु र पार्टीका नियमित कार्यक्रमहरु थप प्रभावकारी बनाउदै लाने प्रचण्ड–नेपाल समूहले जनाएको छ । भेलामा प्रवक्ता नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, किर्तिनिधि विष्ट लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu