ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइनस २० डिग्रीको चिसोमा गस्ती गर्दै नेपाली शान्ति सेना


एबीसी / संवाददाता
७ माघ २०७७, बुधबार   ७ : २५   बजे

काठमाडौँ, ७ माघ । मुस्ताङको कैसाङस्थित उच्चशिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला प्रशिक्षण प्राप्त नेपाली शान्ति सेना सिरियाको हिमवर्ती क्षेत्र गोलान हाइटको माउण्ट हर्मनमा खटिएको छ ।
नेपाली सेनाका अनुसार संयुक्त राष्ट्र संघीय (युएन) शान्ति मिसन अन्तरगत द्वन्द्वग्रस्त मुलुक सिरियामा परिचालित शान्ति सेनाले २० फिट हिँउ र माइनस २० डिग्री सेण्टिग्रेड चिसोमा नियमित सुरक्षा गस्ती समेत गर्ने गरेको छ ।

गोलान हाईट क्षेत्रको स्वामित्वको विषयलाई लिएर सिरिया र ईजरायलबीच विगत ४६ वर्षदेखि विवाद जारी छ । दुई देशको बीचमा पर्ने उच्च हिमाली तथा अतिसम्वेदनशील क्षेत्रमा नेपाली शान्ति सेना परिचालन भएको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले गोलान हाईटको माउण्ट हर्मन क्षेत्रमा अहिले पनि विद्युतीय धराप र युद्धरत सशस्त्र समूहको चलखेल हुने गरेको जानकारी दिनुभयो । त्यस क्षेत्रमा खटिएको शान्ति सेना हिमाली युद्धकला प्राप्त जनशक्ति हो ।

नेपाली शान्ति सेनाले बाक्लो हिम क्षेत्रमा प्रयोग हुने साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोगबाट सुरक्षा गस्ती गर्दै आएको सेनाले जनाएको छ । नेपाली शान्ति सेनाको साहसिक कार्य, पेशागत दक्षता र विश्वसनियताको युएन र सिरिया सरकारले प्रशंसा गरेको छ ।

त्यस्तैं, सैनिकका लागि आवश्यक ‘हिमाली युद्धकला’ प्रशिक्षणका लागि मुस्ताङस्थित सेनाको उच्च शिखर तालिम शिक्षालय विश्वकै नमूना केन्द्रको रुपमा परिचित छ । उक्त शिक्षालयमा विदेशी सेना समेत प्रशिक्षण लिन आउने गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu