ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण, ट्रम्पका केही नीति उल्टियो


एबीसी / संवाददाता
८ माघ २०७७, बिहिबार   ७ : ३१   बजे

काठमाडौं, ८ माघ । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गर्नुभएको हो । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गर्नुभएको छ।

उहाँलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने दाबी गर्नु भयो ।

कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनले कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गर्नुभएको छ । कार्यभार सम्हालेको केही घण्टाभित्रै उहाँले जारी गर्नुभएका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ ।

अहिले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय आफूहरुसँग नभएको भन्दै उहाँले कोरोना भाइरस महामारीको सङ्कट समाधानका लागि आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

यस्तै उहाँले जारी गर्नुभएको अन्य आदेशहरूले विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिने विभिन्न संचारमाध्यमले जनाएका छन् ।

यसैबीच, लामो समयदेखिको परम्परालाई तोड्दै नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभएर ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिनु भएको छ ।

यसअघि नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले स्वागत गर्दै आफूले ह्वाइट हाउस छोड्ने परम्परा रहँदै आएको थियो । उहाँ आफ्नी श्रीमतीसहित हेलिकप्टरमा चढेर फ्लोरिडा जानु भएको हो।

निकै प्रतिस्पर्धात्मक भएको चुनावमा धाँधली भएको भन्दै ट्रम्पका समर्थकहरु आक्रमणमा समेत उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group