ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवै समूह आ–आफ्नै रणनीतिमा, ओली समूह निर्वाचनको तयारीमा, संसद पुनस्र्थापना हुने प्रचण्ड–नेपाल समूहको ठोकुवा (भिडियोसहित)


सपना थामी
८ माघ २०७७, बिहिबार   ११ : २३   बजे

काठमाडौं, ८ माघ ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा चलिरहदा नेकपाका दुवै समूह आ–आफ्ना रणनीतिमा लागेका छन् । केपी शर्मा ओली नेतृत्वको समूह निर्वाचनको तीव्र तयारीमा लागेको छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपाल नेतृत्वको समूह भने संसद विघटनविरुद्ध निरन्तर आन्दोलनमा छ । पार्टी विभाजनले वैधानिकता पाउन मात्रै बा“की रहेको नेकपाका जनवर्गीय संगठनहरुको भेला पनि छुट्टाछुट्टै रुपमा भइरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक एवम् व्यवहारिक फुटले वैधानिकता नपाउदै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुई खेमाको छुट्टा–छुट्टै जनवर्गिय संगठनहरुको राष्ट्रिय भेला पनि निरन्तर सम्पन्न हुदै आएको छ । ओली नेकपाले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने र प्रचण्ड–माधव खेमाका नेकपाले प्रतिनिधिसभा पुर्नस्थापना भएरै छाड्ने ठोकुवा गर्दै आएको छ । प्रचण्ड–नेपाल नेकपाले आगामी वैशाख १७ र २७ गते कुनैपनि हालतमा निर्वाचन हुन नसक्ने दाबी गर्दै आएको छ ।

निर्वाचनमै नजाने प्रचण्ड–नेपाल नेकपाले निर्वाचन आयोगमा किन सूर्य चिन्हको दाबी गरिरहेको छ त ? केपी शर्मा ओली लगायतलाई कारबाही गरकोे लगायत पार्टीमा हेरफेर भएको सम्बन्धमा आयोगलाई पत्र बुझाउनुपर्ने व्यवस्था रहने प्रचण्ड–नेपाल खेमाका नेता बेदुराम भुषाल बताउनुहुन्छ ।

प्रचण्ड–नेपाल खेमाले अध्यक्ष्ँ पदबाट कारबाही गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष नपुग्दै संसद विघटन गर्नु असंवैधानिक भएको उनीहरुले पनि बताएका छन् । विभिन्न जिल्लाहरुबाट काठमाडौंको भेलामा आएका नेता तथा कार्यकर्ताहरुले पनि गाउठाउमा निर्वाचनको कुनै तयारी नभएको र निर्वाचन भइहाले अवस्था निकै चुनौतीपूर्ण रहने भन्दै चिन्ता जनाएका छन् । त्यसो त, केही समयअघिसम्म पुर्नमिलनको झिनो आशा पाल्दै आएका नेकपाका नेता तथा कार्यकर्ताहरुले अब भने तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group