ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड– नेपाल समूहले देशलाई अन्धकारतर्फ धकेल्ने प्रधानमन्त्री ओलीको आरोप


एबीसी / संवाददाता
८ माघ २०७७, बिहिबार   ४ : ०७   बजे

काठमाडौं, ८ माघ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड– नेपाल समूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाउनुभएको छ ।  आज राजधानीमा आयोजित आफू निकट प्रेस संगठनको दोस्रोे राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको पनि आरोप लगाउनुभएको हो । दाहाल–नेपालसमूहतर्फ कटाक्ष गर्दै ओलीले आफूहरु आवेश, उत्तेजना, आक्रोश र प्रतिसोधमा पनि नभएको बताउ“दै भन्नुभयो– हामी रातो झन्डा फहराउनेवाला हौं ।

पेरिसडाडामा जस्तो कालो झन्डा फहराउने होइनौं । रातो बेलुन उडाउने वाला हौं, कालो बेलुनवाला होइनौं । हामी सडकमा हिँड्दा रातो झन्डा बोक्ने वाला हौं, कालो झन्डा बोक्ने वाला होइनौं । ओलीले आफूहरु आफ्नोे गन्तव्यमा स्पष्ट पार्दै भन्नुभयो–देशलाई बनाउनुछ, सुशासानको बाटोमा लैजानु छ ।

यसका लागि भ्रष्टाचार समाप्त पार्नुछ । हामी हाम्रो उद्देश्य, गन्तव्य, बाटोमा स्पष्ट छौं । देश बनाउन यही गन्तव्यमा हिंडनुछ ।’ओलीले प्रचण्ड– नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको आरोप थियो । ‘समाजमा विभिन्न शक्ति, तत्व र व्यक्ति हुन्छन् । उनीहरु स्वार्थका लागि अनेकप्रकारका हाउभाउ गर्छन । जनतालाई सिनेमा देखाउँछन् । हिरो हुन्छ, हिरोइन हुन्छ । उनीहरुबीच लभ परेको हुन्छ । हिरोइन घाइते हुन्छ । हिरो ब्याकुल हुनछ, रुन्छ । तर, वास्तवमा केही होइन । न लभ परेको हो, न घाइते भएको हो । सबै तमासा हो । केही मान्छे नाटक देखाउँन आउछन् । तमासा गर्छन, जनतालाई झुक्काउँछन् । हामीले जनतलाई उनीहरुको तमासाबाट सचेत गराउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu