काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटवार्ता गर्नुभएको छ । राजदूत बेरीले बिहीबार ट्वीट गर्दै अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि प्रधानमन्त्रीसँग भेटेको जानकारी गराउनुभएकोा हो । उहाले भेटमा राष्ट्रपति बाइडेन प्रशासनले नेपाल तथा अन्य राष्ट्रसँग साझेदारी गर्न चाहेको बताउनुभयो । अमेरिकामा बाइडेन नयाँ राष्ट्रपति भएको घोषणासँगै नयाँ राष्ट्रपतीय प्रशासनले नेपाल तथा अन्य राष्ट्रसँग कुनै एक्लो राष्ट्र मात्रैले जुध्न नसकिने जलवायु परिवर्तनदेखि कोभिड १९ जस्तो विश्व स्वास्थ्य संकट जस्ता हाम्रा साँझा चुनौतीबारेमा छलफल गर्न मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटें।
प्रतिक्रिया दिनुहोस्