काठमाडौं, १० पुस । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार २२१ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ४० हजार ५४४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ६३ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्