ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी’ – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
११ माघ २०७७, आइतबार   ५ : २६   बजे

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताउनुभएको छ ।  आइतबार अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न सङ्घ–सङ्गठनहरूले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेर कराउनेहरू देशविरोधी भएको बताउनुभएको हो ।

असंवैधानिक भन्नेहरू संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि उहाँले बताउनुभयो । प्रतिनिधि सभा पुनर्स्थापना गर्न चाहनेहरू देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोपसमेत प्रधानमन्त्री ओलीको छ ।

संसद् पाँचै वर्ष हुनका लागि सांसदहरूको जागिर नभएकाले सांसदको काम हेरेर नागरिकलाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उहाँको भनाइ छ । आफूले शासक बन्ने गरि हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिहरूको साथमा सरकार रहेको बताउनुभयो । शारीरिक रूपले अशक्त, असक्षमहरूका लागि सरकार चाहिने भन्दै अशक्तहरूको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने ओलीले प्रतिबद्धता गर्नुभयो । उहाँले अहिले बालबालिकाहरू सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । सडकमा आउने बालबालिकाहरूलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभूति सरकारले गराउने पनि उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शारीरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेस नखान आग्रह गर्नुभयो । देश विकासमा शारीरिक रूपमा अपाङ्गता भएकाहरूले पनि योगदान दिन सक्ने उहाँको भनाइ छ । देश गरिब भए पनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमी नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu