ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“गल्ती महुशस गरेर आउनुस्, हामीले तपाईहरुलाई पदबाट हटाएका छैनौं” – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
१२ माघ २०७७, सोमबार   ५ : ५९   बजे

काठमाडौं, माघ १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्षबाट नेपाल अल्पविकसितबाट विकासशील राष्ट्रमा परिणत भइरहेको बताउनुभएको छ । नेपालको प्रगतिलाई तिव्रताकासाथ अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दाङ–देउखुरीको लालमटियामा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेकाले कुनै अलमलमा नपरी निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो । अबको निर्वाचनबाट खराव र देशको पक्षमा काम नगर्ने नेतालाई पराजित गर्न उहाँले आव्हान गर्नुभयो ।

“चुनाव स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित हुन्छ, निर्वाचनमा हाम्रो पार्टीले सानदार विजय हासिल गर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “चुनाव तोकेकै मितिमा हुन्छ, नेकपाले प्रशासनिक दुरुपयोग गर्दैन, आफ्नै बलमा चुनाव जित्छ ।” निर्वाचनको तयारीमा दत्तचित्त भएर लाग्न उहाँले पार्टी पङ्तिलाई निर्देश गर्नुभयो । नयाँ लक्ष्यकासाथ सरकार अघि बढेकाले नेपाललाई सुदृढ बनाई छाड्ने उहाँले प्रष्ट पार्नुभयो ।
देशलाई समृद्ध बनाई जनताको मुहारमा खुशी ल्याउने अभियानमा सरकार लागेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारी काममा अनेक बाधा व्यवधान खडा भएपनि त्यसलाई पन्छाउँदै अघि बढिने बताउनुभयो । अब मुलुकमै उद्योग कलकारखाना सञ्चालन गरी मुलुकमै स्वरोजगारीको व्यवस्था गरिने उहाँले चर्चा गर्नुभयो ।

देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने निर्णय भएकाले यहाँको विकास व्यवस्थित रुपमा हुने बताउनुभयो । “यो ठाउँ अब सुविधा सम्पन्न आधुनिक ठाउँ हुनेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले हाम्रो ठाउँलाई सुन्दर र सुविधायुक्त बनाउन सक्छौं, ठाउँलाई त्यतिकै खेर जान दिंदैनौं ।”

विजुली, खानेपानी, सिंचाईको क्षेत्रमा ठूलो प्रगति भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले शिक्षामा शतप्रतिशत प्रगति भएको बताउनुभयो । बालबालिका अव कुनै कारणले विद्यालय जान नपाउने अवस्था रहँदैन उहाँले भन्नुभयो । “देशमा अब कोही भोकै पर्दैन, भोकले कोही मर्दैन” प्रधानमन्त्री ओलीले स्वास्थ्यको क्षेत्रमा पनि त्यतिकै उपलब्धी भएको चर्चा गर्नुभयो । एकै दिनमा ३०९ वटा अस्पताल शिलन्यास भएको उहाँले स्मरण गराउनुभयो ।

हुलाकी राजमार्ग तिव्ररुपमा निर्माण भइरहेको र केही वन र आरक्ष क्षेत्रमा मात्र निर्माण कार्य केही समस्या देखिएको बताउनुभयो । “मुलुकबाट गरिबीलाई लखेट्ने अभियानमा छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली जनता सरकारको विकास निर्माण कार्यमा तिव्र साथ सहयोग गरेकाले म सबैलाई धन्यवाद व्यक्त गर्छु ।” आउने वर्षसम्म हुम्लाको सिमिकोटसम्म बाटो जोडिसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

पार्टी एकजुट छ

नेकपाका अध्यक्ष ओलीले पार्टी अझै एकजुट रहेको प्रष्ट पार्नुभएको छ । हिजोको निर्वाचन आयोगको निर्णयले पनि पार्टी एक रहेको प्रष्ट भएको उहाँले बताउनुभयो । “केही मानिस पार्टीबाट निस्केका हुन् पार्टी फुटेको होइन” प्रधानमन्त्री ओलीले थप्नुभयो, “घाउबाट पिलो निचोरिएको हो, पार्टी फुटेको होइन ।” केही मानिस पार्टीबाट निस्के पनि पार्टी कमजोर नहुने उहाँले प्रष्ट पार्नुभयो ।

निर्वाचन रोक्ने प्रयासमा रहेकाहरु आफूलाई लोकतान्त्रिक ठानिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफू जनतामाझ जाँदा तानाशाहीको आरोप खेप्नुपरेको बताउनुभयो । “जनताको साथ लिएर देश बनाउने मेरो उद्देश्य हो, देश बनाउँदा कसैले तानाशाह भन्छ भने भनोस् ।” जनता र देश असफल हुन नदिइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुलुकमा अस्थिरता मच्चाउने अनि लोकतन्त्रको ठूला कुरा गर्ने रु प्रधानमन्त्री ओलीले भन्नुभयो, “अलिकति अगाडि बढ्न खोज्यो अवरोध गरिहाल्छन्, त्यसैले नयाँ जनादेशमा गएर बाटो फुकाउन सरकारले निर्वाचनको घोषणा गरेको उहाँले प्रष्ट पार्नुभयो । देश विरोधी तत्वलाई अब झुक्किएर पनि जिताउन नहुने उहाँले बताउनुभयो ।

स्वतन्त्र अदालतलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन आग्रह गर्नुहुँदै प्रधानमन्त्री ओलीले विभिन्न बहानामा अदालतलाई धम्क्याउन खोजिएको टिप्पणी गर्नुभयो । “गल्ती महुशस गरेर आउनुस्, हामीले तपाईहरुलाई पदबाट हटाएका छैनौं” प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईहरुजस्तो पार्टीबाट निष्काशन गर्दै हामी हिडेका छैनौं ।” अवको निर्वाचनमा दाङ जिल्लाबाट खराव तत्वलाई विजयी नगराउन उहाँले आग्रह गर्नुभयो । देशभक्तिपूर्ण जनप्रतिनिधिलाई जिताएर पठाउन उहाँले आग्रह गर्नुभयो ।

भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सम्बोधन गर्नुभएको थियो । वर्तमान सरकारले नेपालको समृद्धिको अभियानमा समाहित रहेकाले सरकारको काममा सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group