ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने : दुवै समूहका अध्यक्ष सहभागी नहुने


एबीसी / संवाददाता
१६ माघ २०७७, शुक्रबार   ९ : ३५   बजे

काठमाडौँ, १६ माघ ।  निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई छलफलका लागि बोलाएको छ ।चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका अधिकारिक ५ जनालाई आयोगले बोलाएको हो । तर छलफलमा दुवै समूहका अध्यक्ष भने सहभागी नहुने भएका छन् ।आयोगले ५ जना सहभागी हुन भनेको तर आफूहरुले भने दुई जना कानुनविद्सहित ७ जना सहभागी हुने प्रस्ताव गरेको ओली समूहले जनाएको छ।

ओली समूहबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, दुई कानुनविद् र अरु नेताहरुसहित ७ जना छलफलमा सहभागी हुने तयारी छ ।यस्तै आयोगको आग्रहअनुसार आफ्नो समूहबाट नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेताहरु सहभागी हुने प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।ओली समूहले कानुनविद्हरुसहित सहभागी हुने बताइएकाले कसरी सहभागी हुने भन्नेबारे अहिले आफूहरु छलफलमा रहेको नेता पोखरेलले जानकारी दिनुभयो।

आउँदो वैशाख १७ / २७ गते मध्यावधिक चुनावको मिति तय गर्दै प्रतिनिधिसभा विघटन भएपछि नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले नेकपाको आधिकारिकता आफ्नो पक्षको भएको दाबी गर्दै आएका छन् ।आयोगले भने पार्टी विभाजन हुन नसक्ने र अहिले पनि नेकपाका दुवैजना अध्यक्ष रहेको स्पष्ट पारेको छ । दुई समूहमा विभाजन भएपछिका निर्णयहरुलाई आयोगले मान्यता दिन अस्वीकार गरेको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu