काठमाडौं, १७ माघ । सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका नेता भीम रावलले कवितामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गर्नु भएको राजनीतिक नैतिकता नभएको भन्दै उहाले व्यङ्ग्य गर्नुभएको हो । कवितामार्फत रावलले ओलीले जनमतको अपमान गरेकाले सजाए पाउने बताउनुभयो । उहाले आफूहरु असंवैधानिक कदम र तानाशाहको विरुद्धमा निरन्तर लागिरहने भन्दै रावलले कसैको प्रहारबाट नडराउने समेत बताउनुभयो । कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता रावलले ओलीले जनतासँग गरेका सबै बाचाहरु भुलेर नेकपालाई बिसर्जनको बाटोमा पुर्याएको बताउनुभयो । ओलीले सरकारमार्फत असंवैधानिक कदम चालेर पार्टी फुटाएर जनमतको अपमात गरेको बताउनुभयो । आफुहरुले राष्ट्रघातका काममात्रै रोक्न खोजेको र रोकेको भन्दै अन्य काममा आफूहरुले सघाएको पनि दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्