ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले कलंकको टीका लगाए – अध्यक्ष प्रचण्ड (फोटोफिचर सहित)


एबीसी / संवाददाता
१७ माघ २०७७, शनिबार   ५ : ३६   बजे

धनगढी, १७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले आफैमाथि कलंकको टीका लगाएको आरोप लगाउनुभयो । नेकपा प्रचण्ड–नेपाल समूहले आज धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले इतिहासमै धेरै दाग लाग्ने गरी कलंकको टीका लगाएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘उहाँले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर इतिहासमै कलंकको टीका लगाउनुभयो। आफैँलाई खनायकको रुपमा स्थापित गर्नुभयो।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स‌ंविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको बताउँदै ओलीले जबरजस्ती गरेको आरोप लगाउनुभयो । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले न्याय गर्ने बताउँदै उहाँले भन्नुभयो ‘सर्वोच्चले न्याय गर्छ हामी सही फैसला हुने विश्वासमा छौ।’

उनले गलत गर्ने ओलीलाई कारबाही गर्ने बताउँदै जनताले नै उहालाई कारबाहीको दायरामा ल्याउने दावी गर्नुभयो ।आफ्नो पक्षको नेकपाले धनगढीमा आयोजित सभामा बोल्दै प्रचण्डले भन्नुभयो, ‘संसद होइन, केपी ओलीको सरकार विघटन भयो भन्ने मेरो भनाइ छ।’

सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्छ भन्ने विश्वास उहाको छ। ‘अदालतमा यो मुद्दा नभएको भए संसद बोलाउथ्यौं, ओलीलाई कारबाही गर्थ्यौं, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि यो कदमलाई अलोकतान्त्रिक भनेका छन्,’ उहाले भन्नुभयो । प्रचण्ड विकल्पका रुपमा सभामुखले बैठक बालाउने, दुई तिहाइले प्रधामन्त्रीले राष्ट्रघात गरेको प्रमाणित गर्न सक्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टतिर संकेत गर्दै उहाँ दलालको पनि दलाल भएको बताउनुभयो । आफूले नै अवसर दिएर पटक(पटक मन्त्री बनाएको मान्छे अहिले त सोच्नै नसकिने गरी कता हो कता गएको प्रचण्डले भन्नुभयो । ‘मैले त सुदूरपश्चिमका साथीहरूलाई ठूलो नेता यही हो भनें तर अहिले दलालको पनि दलाल भए,’ उहाँले भन्नुभयो । पत्याइनसक्नु यो देखेर सुदूरपश्चिमका जनता उतै जान्छन् कि भनेर दुई चार रात टेन्सन नै भएको समेत उहाँले भन्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group