ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
१७ माघ २०७७, शनिबार   ९ : ०४   बजे

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनद्वारा आज यहाँ आयोजित जनसभामा उहाँले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताउनुभयो । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उहाँले भन्नुभयो, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उहाँले जोड दिँदै भन्नुभयो, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।”

अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।” नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उहाँको भनाइ थियो ।

देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उहाँले भन्नुभयो, “निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।”

नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, “एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौँ, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौँ ।”

माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उहाँले भन्नुभयो, “रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।” अर्को सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्ने उहाँले बताउनुभयो । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, संस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले भन्नुभयो, “यो पर्यटकीयस्थल बन्नेछ, धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।”

नवलपरासीको दाउन्नेबाट मकवानपुरसम्मको चार हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रूपमा विकास गरिने उहाँले जानकारी दिनुभयो । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उहाँको भनाइ छ । उहाँले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताउनुभयो ।

नेकपा नफुटेको भन्दै उहाँले केही मान्छे बाहिरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी शुद्धीकरणको आवश्यकता थियो, अब पार्टी एकजुट भएर अघि बढ्छ ।” देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने बताउँदै उहाँले भन्नुभयो, “देशको विकास तीव्रगतिले अघि बढेको छ ।” विश्वका थोरै राष्ट्रले मात्रै शुरु गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा शुरु भइसकेको उहाँले बताउनुभयो । अग्रपङ्क्तिमा रहेकाहरुलाई अहिले खोप लगाइएको बताउँदै उहाँले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड–१९ लाई देशबाट भगाउँछौँ, बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीलाई विश्वास छ ।”

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईँ जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।” उहाँले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताउनुभयो । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उहाँले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताउनुभयो ।

आम नागरिक राष्ट्रिय एकताको पक्षमा भइरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उहाँको भनाइ थियो । उहाँले ‘उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौँ’ भन्नुभयो । उहाँले भन्नुभयो, “स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौँ ।” पार्टी छाडेर गएकाहरुलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन आग्रह गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन् ।”

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रालाई अघि बढाएको भन्दै भन्नुभयो, “यो सरकारले विकास मात्रै ग¥यो, लुटतन्त्र र भ्रष्टाचार गरेन, हामी कहिल्यै चुकेनौँ ।” ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्नका लागि प्रधानमन्त्री लागिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले चितवनलाई समृद्धिको मोडेलको रूपमा विकास गर्ने बताउनुभयो । चितवनको छुट्टै पहिचान रहेको बताउँदै उहाँले नेपालको समृद्धिको यात्रामा पनि यसलाई मोडेलको रूपमा अगाडि बढाउने बताउनुभयो । उहाँले चितवनका नेता भनेर चिनिनेहरुले चितवनको छवि धमिल्याउन खोजेको भन्दै भन्नुभयो, “यहाँका जनताले त्यो गर्न दिने छैनन् ।” उहाँले चितवनको धर्तीबाट देश र दुनियाँलाई भ्रमित पार्ने कोसिस भएको भन्दै भन्नुभयो, “त्यस्तालाई तपाईँहरुले जवाफ दिनुपर्छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान शुरु भइसकेको बताउँदै भन्नुभयो, “देश विकासका लागि ठूल्ठूला योजना शुरु गरिएको छ ।” चितवनको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै उहाँले आज मात्रै पुल्चोक–गोन्द्राङ छ लेन सडक र सिटीहल शिलान्यास भएको बताउनुभयो । उहाँले चितवनमा भरतपुर महानगरभित्र रिङरोड, चौबीसकोठी–गोलाघाट सहायक राजमार्ग, हुलाकी सडक र पुलहरू बन्दै गरेको बताउनुभयो । देशमा प्रतिदिन दुई किलोमिटर नयाँ सडक बनिरहेको भन्दै उहाँले भन्नुभयो, “देशभर १० वटा सिक्नेचर पुल बन्न लागेको छ, त्यसमध्ये एउटा यही नारायणीमा बन्छ ।”

सो अवसरमा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेल, भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपा केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली, नेकपा प्रदेश कमिटी सदस्य प्रकाश खनाल शैलेस, नेकपा महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलगायतले विद्यमान अन्योलता छिचोल्न निर्वाचनमै जानुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group