ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिट निवेदकको बहस सकियो : भोलीदेखि रिटको विपक्षमा बहस


एबीसी / संवाददाता
१८ माघ २०७७, आइतबार   ६ : २१   बजे

काठमाडौं, १८ माघ ।  प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदकका तर्फबाट हुने बहस सकिएको छ । विघटनको विरुद्धमा परेका १३ वटा रिट निवेदकको तर्फबाट हुने बहस आइतबार ९आज० सकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले  दिनुभयो ।

गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस सुरु भएको थियो । यस बहसमा ६३ जना अधिवक्ताले भाग लिएका पनि सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

अब सर्वोच्चमा सोमवार ९भोलि० देखि रिटको विपक्ष अर्थात् प्रतिनिधि सभा विघटनको पक्षमा अधिवक्ताको बहस सुरु हुनेछ । यसमा महान्यायाधिवक्ता, प्रधानमन्त्री ओलीका कानुन व्यवसायी र सभामुख अग्नि सापकोटाको तर्फबाट समेत बहस हुनेछ । रिटको विपक्षमा झण्डै ७० जनाले बहस गर्ने पनि ढकालले बताउनुभयो ।

रिटको पक्षमा अर्थात् प्रधानमन्त्रीको कदम संविधान विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापा, संविधानविद् चन्द्रकान्त ज्ञवाली, अधिवक्ता टीकाराम भट्टराई, ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका छन् ।

बहसमा सहभागी ६३ जना अधिवक्ताले पार्टीको विवाद मिलाउन नसकेर त्यसको रिस प्रधानमन्त्रीले प्रतिनिधि सभामाथि फेरेको आरोप लगाएका थिए । उनीहरूले संविधानले सरकार बनिसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको कल्पना पनि नगरेकाले प्रतिनिधि सभा पुनर्स्थापना हुनैपर्ने माग राख्दै आएका छन् ।

रिटको पक्षमा आइतवार भएको अन्तिम दिनको बहसमा १२ जना अधिवक्ताले भाग लिएका थिए । देश नै बर्बादीतर्फ गएको जस्तो गरेर प्रधानमन्त्रीले ताजा जनादेशको जिकिर गरिरहेको भन्दै अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीलाई संसद, कर्मचारी, नागरिक सबैको साथ रहँदा–रहँदै पनि सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको दाबी गर्नुभयो ।

सरकार बनिसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको कुरा संविधानमा कल्पना पनि नगरिएकाले यसको पुनर्स्थापना हुनैपर्ने अधिवक्ता अधिकारीको भनाइ छ । अर्का अधिवक्ता कीर्तिनाथ पौडेल र खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलभित्र समस्या देखियो भन्दैमा प्रतिनिधि सभा नै विघटन गर्नु अत्यन्तै गैर–संवैधानिक कदम भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group