ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगाइएको कोरोना विरुद्धको खोपले गम्भीर बिमारीसँगै सङ्क्रमण पनि रोक्छ :अध्ययन


एबीसी / संवाददाता
२१ माघ २०७७, बुधबार   १० : ३९   बजे

काठमाडौं, २१ माघ ।  नेपाल लगायत विश्वका धेरै देशमा प्रयोगमा रहेको अक्सफोर्ड एस्ट्राजेनेका खोपले कोरोना विरुद्धको गम्भीर बिमारीमात्र नभइ सङ्क्रमण पनि रोक्ने दाबी गरिएको छ । यो खोपको प्रयोगले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा उल्लेखनीय प्रगति आउनसक्ने वैज्ञानिकले बताएका छन् ।

महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला यो खोपले सङ्क्रमण नियन्त्रणमा समेत प्रभाव देखिए पछि महामारीलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । खोप लगाएपछि व्यक्तिले भाइरस सार्न पनि सक्दैन भने त्यसले अप्रत्यक्ष रूपमा खोप नलगाएका व्यक्ति पनि सुरक्षित हुन पुग्ने वैज्ञानिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसले कोरोना महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुने खबरमा दाबी गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीलाई हरेक हप्ता भाइरस रहे नरहेकोबारे परीक्षण गरिएको थियो । अध्ययनमा खोपको दुई मात्रा प्राप्त गरेका व्यक्तिमा परीक्षणमा भाइरस देखिने आँकडा आधाले घटेको पाइयो ।

साथै यो खोपको एकै मात्राको प्रयोगले पनि मानिसलाई कोरोनाबाट राम्रो सुरक्षा दिइरहेको पाइएको अध्ययनले देखाएको छ । पहिलो मात्रा लिइसकेपछिको तीन महिनासम्म पनि खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । अध्ययनमा बेलायत, दक्षिण अफ्रिका तथा ब्राजिलका १७ हजार मानिस सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu