काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हाल्नु भएको छ । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा पुगेर उहाँलले कार्यभार सम्हाल्नु भएको हो । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हाल्नु भएको छ । अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्