काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले शुक्रबार आमसभा आयोजना गरेको नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकका डिभाइडर हटाइएको छ । दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।
शुक्रबारको आमसभाका लागि मञ्च निर्माणलगायतको तयारी बिहीबारदेखि नै सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्