काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षको आमहड्तालको प्रभाव शहरी क्षेत्रमा परेपनि ग्रामिण क्षेत्रमा खासै प्रभाव परेन । बन्द सफल गराउन काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रमा शीर्ष नेताहरुले नेतृत्व गरेका थिए । ग्रामिण क्षेत्रमा निर्बाध रुपमा गाडी चलेको थिए भने सहरी क्षेत्रमा कम मात्रै गाडी चलेका थिए । काठमाण्डौ उपत्यकामा बन्दको प्रभाव बढी भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । सार्वजनिक यातायातका साधन चलेका थिएनन् भने निजी गाडी तथा मोटरसाइकल भने कमै संख्यामा संचालन भए ।
ठाउठाउमा बन्द गराउन भन्दै हिडेका नेता र कार्यकर्तालाई प्रहरी पक्राउ गरेर छाडेको छ । काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी गरेका छन् । आज बिहान कलंकीमा प्रदेश ३०–०२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको थियो । धनुषाको जनकपुरधाम शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप हुदा पूर्वमन्त्री रामचन्द्र झासहितका नेताहरू घाइते भएका छन् । उहाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । चितवनमा ४ वटा ट्रक तोडफोड भएका छन् ।
त्यस्तै सिन्धुलीमा पनि रोकी राखेको एउटा ट्रकमा तोडफोड भएको छ । उता स्कटिङ गरिरहेको ट्रक पनि थानाभ¥याङमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेर तोडफोड गरेका थिए । महोत्तरीमा प्रहरीले बल प्रयोग गर्दै यातायात सुचारु गरेको थियो । नेपाल बन्दको अवसर पारेर रामेछापको सदरमुकाम मन्थलीको सडक बढारेका छन् । नेपाल बन्दमा यस पटकको नेताहरुले नयाँ शैली अपनाएका हुन् । सडक खुलाउँदा बर्दिबासमा केहीबेर झडप भएको समेत थियो । नेकपाले छिटफुट घटनाबाहेक आन्दोलन शान्तिपूर्ण भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्