ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा ओली पक्षको आज ‘बृहत सभा’, दुई लाख मानिस सहभागी हुने दाबी


एबीसी / संवाददाता
२३ माघ २०७७, शुक्रबार   ७ : ४३   बजे

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा हुनेछ । नेकपा ओली समूहको बागमती प्रदेश सङ्गठन अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने बताउनुभयो । ‘ सांस्कृतिक राष्ट्रवादका कुरा सुन्न मनपराउने, राष्ट्रियताको जगेर्ना गर्नुपर्छ भन्नेहरू र विकासप्रेमी मानिसहरू प्रधानमन्त्री ओलीलाई सुन्न आमसभामा सहभागी हुँदैछन्, त्यस्ता मानिसहरूको संख्या कम्तीमा दुई लाख हुनेछ,’ पोखरेलले भन्नुभयो । सभामा बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी हुनेछन् । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेकार्यक्रम तय भएको छ । सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ। जुलुस तथा सभा व्यवस्थापनका लागि २ हजार स्वयम सेवक खटाइएको पोखरेलले बताउनुभयो । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ । नेकपाकै प्रचण्ड-नेपाल खेमा ओलीले प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा छ । दुबै समूह एकअर्कालाई गालीगलौज गर्दै शक्ति प्रदर्शनको होडमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group