ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता (सम्वोधनको सारसंक्षेप)


एबीसी / संवाददाता
२३ माघ २०७७, शुक्रबार   ४ : ३२   बजे

काठमाडौं, २३ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताउनुभएको हो ।

उहाँले प्रचण्ड–माधव समुहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताउनुभयो । तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड—माधव समूहलाई व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “उहाँहरु भन्नुहुन्छ, अब शाहाकारी आन्दोलनलाई हुदैन भनेर । शाहाकारी आन्दोलन हुदैन भनेको के हो ? चिकेन चिल्लि खान्छु भन्या हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो । म उहाँहहरुलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपुर्ण । अब नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्तैन । शान्तिपुर्ण नेपाल रहन्छ । ”

प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गर्नुभयो । जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेड दिएको भएपनि प्रचण्ड–माधव समुहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “काम गर्न दिईएन बीचमा । मैले धेरै पल्ट भने । यो सरकार ५ बर्षका लागि हो, ५ बर्ष चलाऔ । तर उहाँहरु पार्टी फोड्नुपर्छ , केपी ओली हट्नुपर्छ अनि जोडजाम गरेर विभिन्नसंग मोलतोल गरेर जसरी पनि केपी ओलीलाई हटाउनुपर्छ । देशलाई भड्खालोमा हाल्नुपर्छ । त्यसलाई उहाँहरु स्थिरता र स्थायीत्व भन्नुहुन्छ । के त्यो स्थायीत्व हो र ?उहाँहरु जनतालाई धोका दिदै हुनुहुन्छ । आफ्नो स्वार्थ र व्यक्तिगत अहंकार महत्वकांक्षाका लागि सब काम गर्दे हुनुहुन्छ । । जब उहाँहरुले काम गर्न दिनुभएन , लोकतन्त्रलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई केही पनि काम गर्न नसक्ने अवस्थामा पुर्याउनुभयो । काम गर्नै नदिने, काम गर्ने नपाउने अवस्था आएपछि नेपाली जनताका माझ ताजा जनादेशमा जानु पर्यो । ”

प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गर्नुभयो । बेलायतको उदाहरण दिदै उहाँले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गर्नुभयो । संसद विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा प्रचण्ड माधव समूहले बलजफ्ति बहस चलाएर प्रतिगमन भनेको टिप्पणी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “देशव्यापी रुपमा एउटा बहस भईरहेको छ । बलजफ्ति यो बहस निकालिएको छ । संसद विघटनको सिफारिस, संसद विघटन संविधानसम्मत छ कि छैन ? भनेर बहस निकालिएको छ । म भन्न चाहन्छु संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था भयो भन, काम गर्न नपाउने अवस्था भयो भने संसद विघटन गर्छ । बेलायतमा लिखित संविधान छैन । अथवा त्यहा प्रधानमन्त्रीले संसद विघटन गर्ने लेखेको छैन तर प्रधानमन्त्रीले अस्ति भर्रखर संसद विघटन गरेर चुनाव गराउनुभयो । यसरी प्रधानमन्त्रीले संसद विघटन गर्छ काम गर्न दिइएन भने । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने ? त्यस प्रकारको प्रवृत्तिको जवाफ चुनावबाट खोज्नु पर्दछ । जनताको ताजा जनादेशबाट खोज्नु पर्दछ ।”

प्रचण्ड माधव समुहले संबैधानिक नियुक्तिमा अवरोध गरेको दाबी नि प्रधानमन्त्रीले गर्नुभयो । उहाँले लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरु गएपछि सबै कुरा ठिक भएको भन्दै अब मुलुक स्थिरता तर्फ उन्मुख भएको बताउनुभयो । उहाँले कार्यकर्तामाझ चुनावी नारा पनि लगाउनुभयो । उहाँले भन्नुभयो “ अस्थिरता तर्फ होइन, चुनाव तर्फ जाउँ । अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ, चुनाव । ”

सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मुलुभरको कालोपत्रेसडक, चाँदनी दोधारा सिंचाई, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पुर्वपश्चिम रेल लगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको भन्दै फेयरिस्त नै प्रस्तुत गर्नुभयो । उहाँले कोभिड विरुद्ध खोप अभियान चलेको उल्ल्ेख गर्दै कोभिड अन्त्य नहुने समय सम्म खोप अभियान सञ्चालन गरिराख्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group