काठमाडौं, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७’ जारी गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रवार यस अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्