ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई दक्षिणपन्थी र वामपन्थी अतिवादले सताउने खतरा : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
२४ माघ २०७७, शनिबार   ७ : ४१   बजे

काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकलाई दक्षिणपन्थी र वामपन्थी अतिवादले सताउने खतरा भएको बताउनुभयो । खाली वामपन्थी अतिवादमात्र हुन्छ भन्ने होइन, दक्षिणपन्थी अतिवाद पनि हुन्छ। दक्षिणपन्थी अतिवादले टाउको उठाउने र सताउने या वामपन्थी अतिवादले पनि टाउको उठाउने र सताउने स्थिति आउने खतरा छ, ​शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै प्रचण्डले भन्नुभयो ,त्यसैले मेरो विनम्र आग्रह के छ भने यो आन्दोलनलाई सामान्य नठानौँ।

सम्बोधनका क्रममा उहाले सबै नेता एउटै त हुन् भन्ने नसोच्न आग्रहसमेत गरे। पार्टीभित्रैबाट आफूलाई असहयोग भयो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपमाथि प्रतिप्रश्न गर्दै दाहालले भने, सरकारको कुन नीति, कार्यक्रम र योजनामा हामीले सहयोग गर्‍यौँ ? आफूहरूको अहिलेको लडाइँ पदका लागि नभई लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भएको पनि प्रचण्डले दाबी गर्नुभयो । प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध सबै एकजुट रहेको उल्लेख गर्दै उहाले हिंसात्मक नभई शान्तिपूर्ण आन्दोलनमा रहेको, तर अहिलेको लडाइँलाई सामान्य रूपमा नलिन आग्रहसमेत गर्नुभयो ।

‘हामी अन्तिमसम्म जान्छौँ, उहाँले भन्नुभयो, ‘मैले यसो भन्दा फेरि प्रचण्ड हिंसात्मक आन्दोलनमा जान्छ कि भन्ने कतिलाई लाग्न सक्छ, म प्रष्ट रूपमा भन्न चाहन्छु(हामी शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा प्रतिवद्ध भयौँ, चुनाब लड्यौँ, म आफैँ तीन पटक चुनाव लडेँ, दुईपटक प्रधानमन्त्री भएँ, त्यसकारण अब फेरि हिंसा, फेरि युद्ध हुँदैन, तर लोकतन्त्र, संविधान र शान्तिको हत्या भयो भने हामी नभए को हुन्छ ? पार्टीको बैठक बसौँ भन्दा नेकपा अध्यक्षसमेत रहेका ओलीले नमानेपछि अन्तरसङ्घर्ष झन् बढ्दै गएको उहाले बताउनुभयो । सरकारले पार्टीको घोषणापत्र अनुसार काम नगरेपछि आफूहरू विरोधमा उत्रिएको प्रचण्डले दाबी गर्नुभयो । ‘पार्टी एकता गरेको भोलिपल्ट देखि नै बहस शुरू भएको हो, पहिलो बजेट र नीति कार्यक्रम नै पार्टीभित्र छलफल नगरी ल्याइयो, प्रचण्डले थप्नुभयो , ‘दोस्रो र तेस्रो बजेट पनि त्यसैगरी आयो, तपाईंहरूले नोट गर्नुभएको छ भने हेर्न सक्नुहुन्छ त्यतिबेला पार्टीका सांसदहरूले संसदमा आफूलाई रोक्नै सक्नुभएन, यो बजेट हाम्रो त होइन, कस्को हो भनेर बोल्नु त भएको थियो, तर गुठी र मिडिया विधेयकलगायत सरकारले ल्याएका विधेयक आम जनता र पार्टीकै इच्छा अनुसारका होइनन्‌।

सरकार गठनको शुरूदेखि नै प्रधानमन्त्री ओली पार्टीबाट निर्देशित नरहेको उहाँले दावी गर्नुभयो । पहिलो, दोस्रो र तेस्रो वर्षको बजेट पनि पार्टीको नीति र घोषणा पत्रअनुसार नआएपछि त्यतिबेलादेखि नै पार्टीका नेताहरूले असन्तुष्टि राख्दै आएको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group