काठमाडौं, २५ माघ । सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहतप्याकेज ल्याउने घोषणा गर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नु भयो । ‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरु लाई तत्काल राहतदिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भन्नुभयो, ‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहतकार्यक्रम ल्याउनेछ ।’
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझावदिन सरोकारवाला निकायलाई आग्रहसमेत गर्नु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आईतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीविपत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझावदिन आग्रहगर्नु भएको हो ।
उहाँले पत्रकारहरुले आफ्नो आचार संहिता पालनागर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पार्नु भयो । उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्