ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“ऊर्जा नै समृद्धिको आधार”


एबीसी / संवाददाता
२५ माघ २०७७, आइतबार   ११ : ०६   बजे

काठमाडौं, २५ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धिउन्मुख बनाउन सकिने बताउनुभयो ।

“हाइड्रो इनर्जी र सौर्य इनर्जीमार्फत अगाडि बढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र बङ्गलादेशलाई ऊर्जा बेच्ने गरी उत्पादन गर्नुपर्दछ”, मन्त्री रायमाझीले भन्नुभयो, “स्वदेशमा इनर्जी खपत बढाउने गरी उद्योगधन्दा सञ्चालन गर्ने र बाँकी बिजुली छिमेकीलाई बेच्नुपर्दछ ।” उहाँले अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिएको र ऊर्जा उत्पादन बढाउन द्रुतस्तरमा काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले मुलुकको एजेण्डा दिगो विकास र समृद्धि भएको जनाउँदै तत्कालीन समयमा १८ घण्टे लोडसेडिङ अन्त्य गर्न ९९ बुँदे मास्टर प्लान बनाएर अघि बढेपछि लोडसेडिङ अन्त्य हुन सफल भएको उहाँको भनाइ थियो । उहाँले आफू पहिलोचोटी ऊर्जामन्त्री हुँदा पनि देशमा भूकम्प नाकाबन्दीका कठोर दिनको सामाना गरेको स्मरण गर्दै अहिले दोस्रोपल्ट पनि कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको बताउनुभयो । “समय कठिन छ अप्ठ्यारोमा पारेर छाडेको अवस्थामा मन्त्रालय सम्हालेको छु, मुलुकलाई गति दिने गरी काम गर्छु ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले नेपाललाई अग्र्यानिक राष्ट्र बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सौर्य ऊर्जा पनि महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रिय विद्युत् प्रसारणमा सौर्य ऊर्जाको १० प्रतिशतभन्दा बढी योगदान रहने भएकाले व्यसायीलाई त्यसतर्फ योजनाबद्ध लाग्नुपर्नेमा उहाँको सुझाव थियो ।

मन्त्रालयका सचिव दिनेश घिमिरेले ९९ बँुदे श्वेतपत्रले मुलुकमा लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै बदलिँदो परिवेशअनुसार त्यसलाई परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सौर्य ऊर्जाको क्षेत्र व्यापक भएको र कतिपय नीतिगत अप्ठ्यारोले काम गर्न कठिनाइ भएको बताउनुभयो । उहाँले ऐन बनाएर नै वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि काम अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।

सौर्य विद्युुत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले दुर्गम स्थानका जनतालाई उज्यालो दिन सौर्य व्यवसायीले महत्वपूर्ण योगदान रहेको जनाउँदै राज्यले नीतिगत सहजतामार्फत समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्रले सम्मान गरिएको सङ्घका महासचिव भरतकुमार मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार साधारणसभामा देशभरका ६० जना सौर्य उत्पादक व्यवसायीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group