काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निष्ठा कमजोर भएको बताउनुभएको छ । आइतवार ‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनप्रति प्रधानमन्त्री ओलीको निष्ठा र आस्था कमजोर भएको बताउनुभएको हो । कम्युनिस्ट आन्दोलनप्रति ओलीको प्रतिबद्धतासमेत कमजोर भएको र मार्क्सवादलाई अवसरवादको रूपमा बुझी आफ्नो स्वार्थको साधन बनाउन चाहेको उहाँको भनाइ छ । अध्यक्ष नेपालले आफूहरूको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताउनुभयो । संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उहाँको भनाइ छ । आफूहरूले कुर्सीको हानाथाप नगरि न्याय र सत्यका लागि आवाज उठाइरहेकाले आफूहरूको बाटो सही रहेको नेता नेपालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्