ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको नेकपासँग कुनै सम्बन्ध छैन,नेकपा ओली गुट भनेर खोले हुन्छ – नेपाल


एबीसी / संवाददाता
२६ माघ २०७७, सोमबार   ३ : ५०   बजे

काठमाडौँ, २६ माघ । नेपाल कम्यष्टि पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धतासहित स्वेत पत्र जारी गर्ने बताउनुभयो । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै नेपालले विगतमा भएका कमीकमजोरीसहित श्‍वेतपत्र जारी गर्ने बताउनु भएको हो । आज भएको कार्यक्रममा उउहाँले भन्नुभयो विगतमा भएका त्रुटिहरु सच्चाउने प्रतिबद्धता गरौँ, प्रतिबद्धता पत्र जारी गरौं । जसलाई मान्छेले श्‍वेतपत्र भन्ने गरेका छन् । श्‍वेतपत्र जारी गरौं भन्नेमा छौं । यो केपी प्रवृत्ति विरुद्धको लडाइँ हो ।

यी प्रवृत्तिहरु नै हामीमा भए भने हामी पनि केपीको अर्को अवतार हुन पुग्ने छौं । केपीको नयाँ नयाँ अवतार चाहिएको छैन । एक केपीले यो देश आजित भइसक्यो भने केपीको नयाँ नयाँ अवतार आए देश थिलोथिलो भएर सिद्धिन्छ । हामी चाहन्छौँ सबै हिसाबले यो देशले, लोकतन्त्रले जितोस् ।’

अध्यक्ष नेपालले अहिले लडाइँ केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभएको बताउनुभयो । नेपालले ओली नेकपाबाट चोइटिएर गएको भन्दै उहाँसँग साइबर सेना मात्रै रहेको दाबी गर्नुभयो । चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै छन् । भक्तहरु मात्रै छन् । त्यहाँ क्रान्तिकारीहरु, योद्धाहरु हैन । साइबर सेना मात्रै छ । परिवर्तनको चाहना राख्नेहरु हामीसँग छन्, नेपालले भन्नुभयो । अध्यक्ष नेपालले ओली र नेपाल कम्युनिस्ट पार्टीबीच अब कुनै सम्बन्ध नभएको दाबी समेत गर्नुभयो । केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकाली सकेका छौं । अब उहाको नेकपासँग कुनै सम्बन्ध छैन । तैपनि उहालाई नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली बा समूह बनाए सबैभन्दा राम्रो,’ उहाँले भन्नुभयो । संविधान, कानुनबमोजिम सर्वोच्च र निर्वाचन आयोगबाट फैसला हुने विश्वासमा आफूहरु रहेको उहाको भनाइ छ । ४३३ जनाको केन्द्रीय कमिटीमा झण्डै ३ सयको हाराहारीमा सदस्यहरु हाम्रो साथमा छन् । केपीको पक्षमा १०० जति पनि छैनन् । हामीलाई विश्वास छ, अदालत, निर्वाचन आयोगबाट संविधान र कानुनअनुसार फैसला हुनेछ, उहाँले भन्नुभयो , जहाँ हामी छौं, सूर्य चिन्ह त्यहीँ आउँछ । ओलीले चुनाव पनि नगराउने र देशलाई द्वन्द्वमा धकेल्न खोजेको नेपालको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group