ताप्लेजुङ, २७ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार बिहान ७ बजेर ३५ मिनेटमा ५।४ रेक्टर स्केलको भूकम्प गएको हो । अनुसन्धान केन्द्रले भूकम्प गएको ठाउँ नेपालको ओलाङचुङगोला र चीनको सीमा भएको जनाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन । ओलाङचुङगोलामा भूकम्पले कुनै क्षति नभएको वडा कार्यालयका कर्मचारी तेञ्जिङ वालुङले बताउनुभयो । ‘हल्लाउन नै चाहिँ निक्कै मज्जाले हल्लायो । मान्छेहरु भूकम्प गयो भन्दै बाहिर पनि निस्किए । तर, कुनै क्षति भएको छैन,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्