ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भागरथी हत्या घटनामा छिट्टै सफलता मिल्ने गृहमन्त्रीको दावी


एबीसी / संवाददाता
२७ माघ २०७७, मंगलबार   ११ : ३८   बजे

काठमाडौं, २७ माघ ।   नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको छ ।  मंगलबार बिहान नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका पदाधिकारीहरु पुल्चोकस्थित मन्त्री निवासमा पुगेर गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउनु भएको हो । गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन नेविसंघले ध्यानाकर्षण गराएको छ । विगतमा निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा यस्ता घटनाले प्रश्रय पाएको नेविसंघको भनाइ छ ।

नेविसंघले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । नेविसंघ ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिनुभयो । गृहमन्त्री थापाले भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने विश्वास दिलाएको उहाले बताउनुभयो ।

यस्तै नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाका अनुसार गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रुपले बैतडीमा केन्द्रित रहेकोले भन्दै करिब दोषीको नजिक पुगेका समेत बताउनुभयो । ध्यानाकर्षणका निम्ति धन्यवाद दिदै थापाले युवा विद्यार्थी, नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको बताउनुभयो । यस्तै नेविसंघले अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता नदेखाए नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu