काठमााडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले भोलि गर्न लागेको विरोध सभाका लागि मार्चपास गरेको छ । विरोध सभाको पूर्व तयारीका लागि प्रचण्ड–नेपाल समूहले काठमाडौंमा मार्चपास गरेको हो । युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पस अगाडि सभामा परिणत भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल समूहले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत सभा हुने दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्