काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण आज दिउँसो काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालिने भएकाले बिहान १० बजे पछिदेखि नै ट्राफिक व्यवस्थापनमा चाप बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चक्रपथ भित्रको सडकमा समस्या बढ्ने भएकाले सकेसम्म चक्रपथको सडक मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भएकाले यो क्षेत्रको बाटो प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्