काठमाडौं, २८ माघ । प्रतिनिधि सभा विघटनकाे विराेधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डाैमा जुलुस र र्यालीसहित विराेध सभा गरेकाे छ । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता याे समूहले विभिन्न विराेधका कार्यक्रम गर्दै आएकाे छ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ । प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो । विराेधकाे शैली फेर्न नागरिकले पटक–पटक आग्रह गर्दा पनि पार्टीहरूले त्यसलाई वास्ता नगर्दा यस्तै प्रदर्शनका कारण सडक अस्तव्यस्त बन्दै आएकाे छ, नागरिकले दुःख पाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्