ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको आक्रोश र पीडालाई नबुझे जनता सिंहदरबार र बालुवाटार घेर्न आउनेछन् – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
२८ माघ २०७७, बुधबार   ५ : ०३   बजे

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिनुभयो । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने बताउनुभयो ।

अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेक, पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौती दिन्छु सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउनेछ, ओलीलाई प्रचण्डले भन्नुभयो प्रतिगमन, निरंकुशता लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुनेछ ।

केपी ओलीजीले जुलुस, आमसभा कस्तो हुन्छ देखाउँछौं भन्दै दिएको चुनौती स्मरण गराउँदै प्रचण्डले भन्नुभयो केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ? देख्नु भयो विरोध, प्रदर्शन कस्तो हुन्छ ? प्रचण्डले आफू स्टेजमा रहँदा आजको सभामा ५ लाख सहभागी भएको एसएमएस आएको उल्लेख गर्दै त्यो आफ्नो अनुमान नभएको प्रस्ट्याउनुभयो । नारायणहिटी दरबार संग्राहलयअगाडि २३ गते केपी ओली समूहले गरेको सभा सारा राज्यकोषको दुरुपयोग गरे पनि उत्साहजनक नभएको उहाको भनाइ थियो ।

अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताउनुभयो । नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताउनुभयो ।

केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ, नेता नेपालले भन्नुभयो, तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया । देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताउनुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको समेत बताउनुभयो । नेता खनालले ओलीलाई मार्क्सवादमा विश्वास हुन छाडेर पशुपतिनाथको मूर्तिमाथि विश्वास हुन थालेको बताउनुभयो । केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसके । अब पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसिके । मार्क्सवादमाथि विश्वास छैन, भविष्यमाथि विश्वास छैन । ओलाई अब पशुपतिनाथको मूर्तिमाथि विश्वास छ,’ खनालले भन्नुभयो । अहिलेको लडाइँ नेकपाको दुई गुटको नभइ ओलीको प्रतिगामी कदमविरुद्ध भएको खनालको भनाइ छ । यो आन्दोलन प्रतिक्रान्तिका विरुद्ध, सम्पूर्ण नेपाली जनताको आन्दोलन हो । यो क्रान्ति हो । प्रतिक्रान्ति भएको देशमा । त्यो प्रतिगनम हो,ु उहाँले भन्नुभयो त्यसका विरुद्ध अर्को क्रान्ति गर्दैछौं । ओलीको तानाशाही प्रवृत्तिविरुद्ध हो । सिंगो देशका जनताको आन्दोलन हो । नेकपाको दुई गुटको लडाइँ हैन ।ु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group