काठमाडौँ,२९ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ३९९ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ११९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ३९९ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ७१ हजार ६० पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ७१ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४४ हजार ३२ छ ।
प्रतिक्रिया दिनुहोस्