काठमाडौँ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि केन्द्रिय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछ गर्न भन्दै बोलाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको बताउनुभयो । गोरखाको एक कार्यक्रममा नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गर्नुभएको थियो । त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो। यता नेतृ झाँक्रीले पनि पक्राउका लागि प्रहरी घरमै आएको बताउनु भएको छ । उहाले भन्न्नुभयो ‘प्रहरी पक्राउ गर्न आयो म यही निवासमा छु । बाहिर निक्कै भिडभाड छ ।’
प्रतिक्रिया दिनुहोस्