काठमाडौ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभयो । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताउनुभयो । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भन्नुभयो । आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले बताउनुभयो । यसबारेमा आफूले निर्णय गर्ने पनि उहाले जानकारी दिनुभयो । राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ ।
यसैवीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड माधव पक्षलेले समेत एक विज्ञप्ती जारी गर्दै पक्राउको विरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्