काठमाडौ, १ फागुन । आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज दिवस भव्यरुपमा बनाउने निर्णय गरेको छ ।
सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको नेकपाको प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ । बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा सहिदहरुप्रति सम्मान कार्यक्रम राखिएको नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(माओबादी)ले बि.सं. २०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली, गोरखा लगायतका जिल्लामा प्रहरी चौकी हमला गरि जनयुद्ध प्रारम्भ गरेको थियो । राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना , संघीय मुलुक र संविधानसभाबाट संविधान निर्माण लगायतका मुद्दा बोकेर सशस्त्र संघर्ष गरेको माओवादी आन्दोलनमा १७ हजार बढीको ज्यान गयो, हजारौँ घाइते भए, कयौँ अझै बेपत्ता छन् । बि.सं. २०६३ सालमा बिस्तृत शान्ति सम्झौता गरेर १० वर्षे जनयुद्धको अन्त्य भयो र मुलुकमा संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतको बलमा गणतन्त्र स्थापना तथा संविधानसभाबाट नयाँ संविधान निर्माण हुंदै देशले संघीयताको अभ्यास गरिरहेको छ । १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १३ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए । हजारौं व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्