ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले जस्तो विकास र सुशासनका काम नेपालमा अरु कसैले गरेको छैन : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
१ फाल्गुन २०७७, शनिबार   ५ : ०२   बजे

काठमाडौ, १ फागुन ।   प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास र सुशासन नेपालमा अहिलेसम्म कसैले नगरेको जिकिर गर्नुभएको छ ।

बुटवलमा भएको आमसभामा ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि बताउनुभएको छ । ‘शिक्षा, स्वास्थ्य, विकास, सुशासन र सामाजिक काममा मेरो पालामा ऐतिहासिक तिव्रता आएको छ, यतिधेरै काम अहिलेसम्म कसैले गरेको थिएन, तीन वर्षसम्म हामीले गरेका काम देखेर विरोधीहरु तर्सिएका छन्’, ओलीले भन्नुभयो ।

ओलीले केहि नराम्रो आचरण भएका व्यक्ति बाहिरिएपछि पार्टी सही बाटोमा हिँड्न लागेको बताउनुभएको छ । ओलीले प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरुका कारण तीन वर्षसम्म पार्टी गतिशिल नभएको तर उनीहरु बाहिरिएपछि अहिले पार्टी गतिशिल भएको दाबी गर्नुभयो । प्रचण्ड–नेपाल समूहले नेकपालाई पार्टीको रुपमा नभई गुटको रुपमा चलाउन खोजेको र देश विकास गर्ने सरकारको उदेश्यमा भाँजो हाल्न खोज्दा समस्या आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

अहिले पनि पार्टी नफुटेको र केहि अराजक तत्वहरु बाहिरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । संसद विघटन गर्ने आफ्नो कदमलाई केहि व्यक्तिले प्रतिगमन भन्ने गरेको भन्दै ओलीले चुनावमा जानु कसरी प्रतिगमन हो र जनताको बीचमा जान नहुने कस्तो व्यवस्था खोजेको हो भनेर प्रश्न गर्नुभएको छ ।

आफूले संसद विघटन नगरेको भए प्रचण्ड–नेपाल समूहले पहिले जस्तो सांसदहरु किनबेच गर्ने र अरु दलहरुसँग साँठगाँठ गर्ने फोहोरी खेलमार्फत देशलाई फेरी अस्थिरतामा धकेल्ने ओलीको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu