काठमाडौ, २ फागुन । निर्वाचन आयोगले चुनावको आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ ।आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो । बिहान ११ बजेदेखि छलफल गर्न दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । दलहरूको सुझावपछि आयोगले आचारसंहिताबारे थप निर्णय गर्नेछ । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । आयोगले दुई दलहरुलाई अध्ययनका लागि मस्यौदाको एक प्रति पठाइसकेको छ । गएको पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्दै सरकारले वैशाख १७ र २७ गते चुनाव गर्ने मिति तोकेको छ । त्यहीअनुसार निर्वाचन आयोगले तयारी थालेको हो ।
प्रतिक्रिया दिनुहोस्